काठमाडौं । राष्ट्रिय सभा सदस्य निर्वाचनको भागबण्डालाई लिएर बसेको सत्तारुढ गठबन्धन दलको बैठक निश्कर्षविहीन टुंगिएको छ । बुधबार करिब २ घण्टा लामो बैठकले दलहरुबीचको भागबण्डा टुंग्याउन नसकेपछि निश्कर्षविहीन भएको हो ।
आजको बैठकमा एमालेको नौ सिट कसरी बाँडफाड गर्ने भन्नेबारे छलफल हुनुका साथै, एमालेलाई पनि राष्ट्रिय सभामा भाग दिने बारे छलफल भएको थियो । एमाले अधयक्ष केपी शर्मा ओलीले आफूहरुलाई राष्ट्रिय सभा निर्वाचनमा शून्य नबनाइदिन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग प्रस्ताव गरेपछि एमालेलाई कसरी सहभागी गराउने भन्ने बारे कुरा उठेको जनाइएको छ ।