August 26, 2026, Wednesday
२०८३ भाद्र १०
1:37:26 pm

मनाङ जिल्लामा निर्वाचन स्थगन

काठमाडौं । निर्वाचन आयोगले कात्तिक १७ गते तोकेको मनाङ जिल्लाको प्रतिनिधि सभा निर्वाचन क्षेत्र नं. १ र प्रदेश सभा क्षेत्र नं. २ को उपनिर्वाचन स्थगन गरेको छ ।

भाद्र २३ गतेदेखि भएको आन्दोलनका कारण स्थानीय प्रशासनबाट कफ्र्यु आदेश जारी भई पूर्व निर्धारित निर्वाचन कार्यतालिका बमोजिमका कार्यक्रम कार्यान्वयनमा समेत असर परेकोले अर्को निर्वाचन कार्यक्रम पछि प्रकाशन गर्ने गरी पूर्व प्रकाशित निर्वाचन कार्यक्रम बमोजिमका सम्पूर्ण कार्यहरू स्थगन गरेको आयोगले प्रेस विज्ञप्तिमार्फत जनाएको छ ।

असोज १९ मा नेपाल सरकारका अर्थमन्त्री रामेश्वर प्रसाद खनाल, गृहमन्त्री ओम प्रकाश अर्याल, कानून, न्याय तथा संसदीय मामिला मन्त्री अनिलकुमार सिन्हा र निर्वाचन आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त राम प्रसाद भण्डारी, निर्वाचन आयुक्त डा. जानकी कुमारी तुलाधर, निर्वाचन आयुक्त सगुन शम्शेर ज.ब.रालगायतका पदाधिकारीहरूबीच छलफलले गरेको निणर्यानुसार निर्वाचन कार्यक्रम स्थगन गरेको हो ।

Advertisement

आयोगबाट निर्वाचन आयोग ऐन, २०७३ तथा प्रदेश सभा सदस्य निर्वाचन ऐन, २०७४ बमोजिम कात्तिक १७ मा मनाङ जिल्ला प्रतिनिधि सभा निर्वाचन क्षेत्र नं. १ को प्रदेश सभा निर्वाचन क्षेत्र नं. २ को उपनिर्वाचन तोकेको थियो ।