पाँचथर । मेचिराजमार्ग अन्तरगत फिदिम ४ र हिलिहाङ ७ जोड्ने हेवाखोलाको बेली ब्रिज बाढीले बगाएको छ ।
बाढीले हिलिहाङ तर्फको पिल्लर बगाएको फिदिम वडा नम्बर ४ का वडाध्यक्ष उपेन्द्र लावतिले जानकारि दिए ।
गत असारमा आएको बाढीले हेवाखोलाको पक्कि पुल बगाएपछि सोही स्थानमा अस्थाई बेलिब्रिज बनाईएको थियो । ब्रिज बगाएपछि पाँचथरको हिलिहाङ ,याङवर र ताप्लेजुङ तर्फको यातायात पूर्णरूपमा बन्द भएको छ ।
