काठमाडौं– नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपालले नेतृत्व गरेको पक्षले ६८ जिल्लाको नेतृत्व चयन गरेको छ।
प्रचण्ड-माधव पक्षले भागवण्डाका आधारमा जिल्ला नेतृत्व टुंगाएकाे हाे।
भागवण्डा अनुसार ३५ जिल्लामा पूर्वमाओवादी पक्षले नेतृत्व पाएको छ। ३३ जिल्लामा पूर्व एमाले पक्षधरले नेतृत्व पाएको छ। इन्चार्ज,सहइन्चार्ज,अध्यक्ष र सचिव हुने गरी पदाधिकारी हुने भएका छन्।
गण्डकी र लुम्बिनीका केही जिल्ला, चार महानगर र विशेष जिल्ला कमिटीको नेतृत्वको टुंगिएको छैन। उपत्यकामा भक्तपुरको नेतृत्व टुंगिन सकेको छैन।
टुंगिएका स्थानको नामावलीः
https://drive.google.com/file/d/1Xz6l3BdOBECwjqsjgltM4ZZcImCzip9q/view