November 11, 2026, Wednesday
२०८३ कार्तिक २५
1:37:26 pm

बादलले हटाए आफ्ना स्वकीय सचिव तामाङलाई

२०७७ फाल्गुन १६

काठमाडौं – गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले आफ्ना स्वकीय सचिव विरु तामाङलाई पदबाट हटाएका छन् । पूर्वमाओवादी लडाकुसमेत रहेका उनलाई सूचना चुहाएको भन्दै पदबाट हटाएका हुन् ।

निकटस्थ स्रोतले बताएअनुसार मन्त्री थापाले आफ्ना सूचनाहरु प्रचण्ड–नेपाल समूहलाई दिने गरेको आरोपमा तामाङलाई हटाएका हुन् । जनाइएअनुसार तामाङ पूर्वमाओवादी समूहका नेताहरु वर्षमान पुन नजिक थिए ।

यसअघि ओली समूहमा प्रवेश गरेलगत्तै बादलका प्रमुख राजनीतिक सल्लाहकार सूर्य सुवेदीले पनि पदबाट राजीनामा दिएका थिए ।

Advertisement

स्मरणरहोस् केहि दिन अघि मात्रै पूर्वमाआवादी समूहका युवा नेताहरु गृहमन्त्री थापा समूह परित्याग गरि ओली समूहमा प्रवेश गरेका थिए । उनीहरुले थापा नेतृत्व गर्न लायक नभएको आरोप लगाएका थिए ।