काठमाडाैं–माओवादी केन्द्रका प्रवक्ता नारायणकाजी श्रेष्ठले एमाले बाहेकको सरकार बनाउने विषयमा नेपाली कांग्रेस र जसपासँग वार्ता भइरहेको बताए। पेरिसडाँडामा चलेको बैठकमा अध्यक्ष पुष्पकमल दाहालले यसको जानकारी गराएकाे स्थायी कमिटीको बैठकपछि प्रवक्ता श्रेष्ठले बताए।
नेपाली कांग्रेसका नेता शेरबहादुर देउवा र जसपासँग भएको छलफलबारे पनि स्थायी समिति बैठकमा प्रचण्डले जानकारी गराएको प्रवक्ता श्रेष्ठले बताए। नेपाली कांग्रेस र राजपासँग चलेको वार्ताको बारेमा बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले व्रिफिङ गरेका छन्,’ श्रेष्ठले भने, ‘यो छलफल आज पनि जारी रहेको छ।’
त्यस्तै, केन्द्रीय कमिटीको बैठकले चैत १ र प्रशिक्षणात्मक भेला चैत्र २ गते गर्ने निर्णय गरेकाे उनले जानकारी दिए। यसका लागि मापदण्ड निर्धारण गरेको उनले बताए।
पेरिसडाँडामा बसेको बैठकले सरकारलाई दिएको सर्मथन तत्काल फिर्ता लिने बारे कुनै निर्णय नगरेको उनले बताए।