November 11, 2026, Wednesday
२०८३ कार्तिक २५
1:37:26 pm

प्रधानमन्त्रीलाई तत्काल राजीनामा दिन माओवादीको आग्रह

काठमाडौं- नेकपा माओवादी केन्द्रले तत्काल राजीनामा दिन प्रधानमन्त्री केपी शर्मा ओलीलाई आग्रह गरेको छ। मंगलबार बसेको संसदीय दलको बैठकले ओलीलाई राजीनामा दिन आग्रह गरेको हो।

माओवादीले प्रधानमन्त्री ओली नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता गर्ने वा नगर्नेबारे भने कुनै निर्णय गरिसकेको छैन।

बैठकपछि पत्रकारहरूसँग कुरा गर्दै माओवादी केन्द्रका नेता वर्षमान पुनले सर्वोच्च अदालतको फैसला बमोजिम प्रधानमन्त्री ओलीले पदमा रहने नैतिक अधिकार गुमाइसकेकाले तत्काल राजीनामा दिनुपर्ने बताए।

Advertisement

सरकारलाई दिएको समर्थन फिर्ता लिने प्रसंगमा उनले भने, ‘फैसलापछि आज हाम्रो पहिलो बैठक हो।