November 11, 2026, Wednesday
२०८३ कार्तिक २५
1:37:26 pm

राष्ट्रपतिद्धारा आह्वान सर्वदलीय बैठकमा नेपाल र खनाल नजाने

काठमाडौं– राष्ट्रपति विद्यादेवी भण्डारीले बोलाएको सर्वदलीय बैठकमा नेकपा एमालेका वरिष्ठ नेता एवम् पूर्वप्रधानमन्त्रीद्वय माधवकुमार नेपाल र झलनाथ खनाल नजाने भएका छन्।

राष्ट्रपति भण्डारीले मंगलबार अपराह्न ४ बजे पूर्वप्रधानमन्त्रीहरूसहित संघीय संसद्‍मा प्रतिनिधित्व गर्ने दलहरूसमेतको सर्वदलीय बैठक आह्वान गरेकी थिइन्।

सर्वदलीय बैठकमा नेपाल र खनाल दुवै जना सहभागी नहुने एमाले नेता विष्णु रिजालले बताए।

Advertisement

यसअघि पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले पनि राष्ट्रपतिले बोलाएको सर्वदलीय बैठकमा सहभागी नहुने बताएका थिए। स्वास्थ्यमा समस्या आएका कारण बैठकमा सहभागी हुन नसक्ने उनले बताएका हुन्।