काठमाडौं – जनता समाजवादी पार्टी जसपाको केन्द्रिय कार्यकारिणी समितिको बैठक आज बस्दैछ।
पार्टी कार्यालय बालकुमारीमा विहान साढे ११ बजेपछि बैठक बस्ने कार्यकारिणी सदस्य केशव झाले जानकारी दिए। झाकाअनुसार बैठकमा पार्टीको संगठन समायोजन र सत्ता समीकरणको बिषयमा छलफल हुनेछ।
जसपाले नयाँ सत्ता समीकरण निर्माणको बिषयमा संस्थागत निर्णय लिने तयारी गरेको छ । आज बस्न लागेको कार्यकारिणी समितिको बैठकको एजेन्डा तय गर्न हिजो र अस्ति पार्टीका शिर्ष नेताहरुले छलफल गरेका थिए।
सत्ता समीकरणमा जसपाका नेताहरु कुन पक्षसँग सत्ता साझेदारी गर्ने भन्ने बिषयमा दुई धारमा बाँडिएका छन्। नयाँ सत्ता समीकरणमा जसपा निर्णयक भूमिकामा रहेको छ।