काठमाडौँ । जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईले नेकपाको अन्तरध्वंस नयाँ समाजवादी शक्ति निर्माणको नयाँ आधार बन्न सक्ने बताएका छन् । आज बिहान उनले ट्वीट गर्दै यस्तो बताएका हुन ।
उनले फुटेका टुक्रालाई टेपले टाँसेर पुरानै बनाउनुभन्दा नयाँ समाजवादी ध्रुवीकरणतिर लाग्ने हो कि ? भन्दै प्रश्न गरेका छन् ।“पुरानोको ध्वंस विना नयाँ निर्माण हुन्न–मार्क्सेली दर्शनले भन्छ” भट्टराईले ट्वीट गरेका छन् “नेकपाको अन्तरध्वंस नयाँ समाजवादी शक्ति निर्माणको नयाँ आधार बन्न सक्छ ।
“अतस्फुटेका हाँडीका टुक्राहरूको डम्फु बजाउनु वा तिनलाई टेपले टाँसेर पुरानै हाँडी बनाउने मिथ्या कोशिश गर्नुको सट्टा नयाँ समाजवादी ध्रुवीकरणतिर लाग्ने हो कि ?” डा.भट्टराईले ट्वीट गरेका छन् ।