काठमाडौं – नेकपा माओवादी केन्द्रको युवा संगठन योङ कम्युनिस्ट लिग (वाइसिएल)ले एक लाख ६५ हजार सदस्यता थप गर्ने भएको छ।
चैत ४ र ५ गते भएको बैठकले प्रत्येक निर्वाचन क्षेत्रमा एक हजारका दरले सदस्यता थप गर्ने निर्णय गरेको हो। सदस्यता वितरण चैत महिनाभित्र गरिसक्ने निर्णय भएको वाइसिएलका अध्यक्ष रामप्रसाद सापकोटा ‘दीपशिखा’ले जनाएका छन्।
यस्तै, बैठकले राष्ट्रिय भेला आगामी जेठ २८ देखि ३० सम्म काठमाडौंमा गर्ने निर्णय गरेको छ। जसका लागि इकाई, स्थानीय तह र जिल्ला भेला बैशाखभित्र सम्पन्न गर्ने र प्रदेश भेला जेठे २० सम्म गर्ने कार्यतालिका बनाएको छ।