November 11, 2026, Wednesday
२०८३ कार्तिक २५
1:37:26 pm

ओली समूहको स्पष्टीकरणलाई योगेश भट्टराईले प्रतिवाद

काठमाडाैं- नेपाल एमालेका माधवकुमार नेपालपक्षीय नेता योगेश भट्टराईले आफ्नो समूहका नेतालाई स्पष्टीकरण सोध्‍ने प्रधानमन्त्री केपी शर्मा ओली समूहको प्रतिवाद गरेका छन्।

गत शनिबारको केन्द्रीय समिति बैठकबाट ओलीपक्षले वरिष्ठ नेता नेपालसहित चारजनालाई स्पष्टीकरण सोध्‍ने निर्णय गरेको थियो। ओलीपक्षले बोलाएको केन्द्रीय कमिटी बैठकले नेपालसहित उपाध्यक्ष भीम रावल, सुरेन्द्र पाण्डेय र घनश्याम भुसाललाई स्पष्टीकरण सोध्‍ने निर्णय गरेको थियो। स्पष्टीकरण सोध्‍ने ओलीपक्षलाई प्रतिवाद गर्दै नेता भट्टराईले ट्‍विटरमा लेखेका छन्,‘सोध्‍नेहरु (ओली पक्ष) स्वयं लाखौं प्रश्नको घेरामा छन्।’

शनिबारको संसदीय दल र केन्द्रीय कमिटी बैठकमा माधवपक्षले बहिष्कार गरेको थियो।

Advertisement

बालुवाटारमा भएको केन्द्रीय कमिटी बैठकले अध्यक्ष ओलीलाई थप अधिकार दिएको थियो। ओलीलाई थप अधिकार दिने निर्णय तथा स्पष्टीकरण सोध्‍ने उक्त निर्णयको आलोचना सोही दिन पनि गरेका थिए।