November 11, 2026, Wednesday
२०८३ कार्तिक २६
1:37:26 pm

सरकारलाई दिएको समर्थन फिर्ता लिन्छौं : प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सरकारलाई दिएको समर्थन एकदुई दिनमै फिर्ता लिने बताएका छन् ।

शनिबार बृहत नागरिक आन्दोलनले आयोजना गरेको अन्तरक्रिया कार्यक्रमा प्रचण्डले संसद विघटनलाई असंवैधानिक भनेर सडकमा गएका दलहरुबाटै हतारमा समर्थन फिर्ता नलिन आफूमाथि जबरजस्त दबाव समेत बताए ।

कार्यक्रममा उनले भने, भने, ‘अब म नैतिक र राजनीतिक ढंगले धेरै दिन पर्खिन सक्दिन, राजनीति जतासुकै जाओस् ।’

Advertisement

अबको निकासबारे हिजो सडकमा भएका दलहरुबीच न्यूनमत सहमति होस्, सरकारलाई दिएको समर्थन फिर्ता र अविश्वासको प्रस्ताव दर्ता एकैपटक होस् भनेर मात्र दाह्रा किटेर समर्थन कायम राखेको उनको भनाई छ ।