November 11, 2026, Wednesday
२०८३ कार्तिक २६
1:37:26 pm

प्रचण्डलाई देउवाको कटाक्ष- ‘खुट्टै नटेक्ने मान्छे ओलीले लात हानेपछि ठीक भएको छ’

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई पटकपटक प्रधानमन्त्री बनाउन खोजे पनि नसकिएको बताए ।

प्रचण्डले त्यसबेला केपी शर्मा ओलीलाई साथ दिएकोसमेत देउवाले बताएका छन् । देउवाले २०७४ सालको निर्वाचनपछि प्रचण्डलाई पटकपटक प्रधानमन्त्री बन्न भनेको बताए ।

काठमाडौंमा आज भएको निजामती कर्मचारी युनियन संघको राष्ट्रिय भेलामा बोलेका देउवाले भने, ‘प्रचण्डलाई धेरैपटक प्रधानमन्त्री बनाउन खोजेको होइन हामीले ? तपाईंहरूलाई थाहा छ नि,’ देउवाले भने, ‘खुट्टै नटेक्ने मान्छे। ओलीले लात हानेपछि ठिक भएको छ।’

Advertisement

ओलीलाई हटाउन खोजे पनि संख्या नपुगेको देउवाको भनाई छ । आफू प्रधानमन्त्री हुन नचाहेको र संख्या नपुग्ने खेलमा नलाग्ने पनि देउवाले बताए । जसलाई प्रधानमन्त्री बनाए पनि आफू तयार रहेको देउवाको भनाई छ ।