November 11, 2026, Wednesday
२०८३ कार्तिक २६
1:37:26 pm

जनमत पार्टीको अध्यक्षमा सिके राउत निर्विरोध

काठमाडाैं । जनमत पार्टीको अध्यक्षमा सिके राउत चयन भएका छन्। उनी सर्वसम्मत अध्यक्ष भएका हुन्। 

शनिबार महाधिवेशन सुरू भएको थियो। अध्यक्ष र महासचिवबाहेक अरू पदमा निर्वाचन भएको थियो। निर्वाचनको मतपरिणाम सोमबार बिहान आएको छ।

पहिलोपटक भएको महाधिवेशनबाट उपाध्यक्षमा अब्दुल खान र बसन्त कुसहवा विजयी भएका छन्। महासचिवमा चन्दन सिंह निर्विरोध चयन भएका छन्।

Advertisement

महासचिव सिंहले सेतोपाटीलाई दिएको जानकारीअनुसार केन्द्रीय कार्यसमिति अहिलेका लागि २५ सदस्यीय हो। २३ जना सदस्यका लागि निर्वाचन भएको थियो। जसमा ८ जना महिलाले अटाएका छन्।

केन्द्रीय कार्यकारिणी समितिका लागि चार हजार पाँच सय प्रतिनिधिले मतदान गरेका थिए।