सुनसरी । कोरोना भाइरसको संक्रमण बढेसँगै नेपाल तरुण दल सुनसरी सचेतना अभियान शुरु गरेको छ । कारोनाको प्रभावले आम नागरिकमा परेको प्रभावलाई मध्यनजर गदै तरुण दलले सोमबारबाट आम जिल्लाबासी सर्वसारधारण सहयोगका लागि अभियान सुभारम्भ गरेको हो ।
कोभिड १९ को नयाँ भेरियन्टबारे जिल्लावासीलाई स्वास्थ्य सुरक्षामा ध्यान दिन तथा सर्तक रहन आग्रह गर्दै तरण दलले अभियान मार्फत सर्वसाधारणलाई मास्क, ग्लोब्स र सेनिटाईज वितरण गरेको छ ।
सुनसरी सभापति सिजन गुरुङको नेतृत्वमा जिल्लाका इनरुवा, रामधुनी, धरान, बराहक्षेत्र, दुहवी लगायतका स्थानमा दलका स्थानीय नेताहरुको सक्रियतामा स्वास्थ्य सामाग्री वितरण गरिएको हो । दलले कोरोना भाइरसको संक्रमणबाट बच्न २४ घण्टे हेल्प डेस्क समेत संचालनमा ल्याएको छ ।
साथै दलले एक विज्ञप्ती सार्वजनिक गर्दै स्वास्थ्य, खाद्यन्य एवं अन्य अत्यावश्यक सहयोगका लागि जुनसुकै समयमा पनि दलको सहयोग रहने बताएको छ । अध्यक्ष सिजन गुरुङद्वारा जारी प्रेस विज्ञप्तीमा बढ्दो कोभिड १९ को प्रकोपका कारण देश र नेपाली आमाबुवा, दाजुभाई तथा दिदीबहिनीहरुमा परेको प्रभाव, समस्या र पीडा प्रति नेपाल तरुण दल, सुनसरी दुःखी रहेको उल्लेख गरिएको छ ।