काठमाडौं– जनता समाजवादी पार्टी (जसपा)का संघीय परिषद् अध्यक्ष तथा पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले नेताहरुलाई आआफ्नो बाटो लाग्न आग्रह गरेका छन्। फुटको संघारमा पुगेको जसपातर्फ संकेत गर्दै एउटै उनले पार्टीभित्र दुई धारको नेतृत्व गरिरहेका नेताहरुलाई उक्त आग्रह गरेका हुन्।
पछिल्लो समय जसपमा दुई खेमामा विभाजन भएको छ। जसपामा भट्टराई र पार्टी अध्यक्ष उपेन्द्र यादव नेपाली कांग्रेस नेतृत्वको गठबन्धनमा छन्। उनीहरु प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार बदल्न लागिरहेका छन्।
यता अर्का अध्यक्ष महन्थ ठाकुर तथा राजेन्द्र महतोको समूह ओलीसँग मिलेर सरकारमा सहभागी हुने अन्तिम तयारीमा छ।
समयले नयाँ ध्रुवीकरण खोजिरहेको बताउँदै उनले सामाजिक सञ्जालमार्फत अब विचार मिल्नेहरु एकातर्फ लाग्ने बेला भएको बताएका छन्।
‘अहिलेको राजनीतिक संकट पुरानो विचार, पार्टी र नेतृत्वको सामूहिक विघटनको अभिव्यक्ति हो, उनले भनेका छन्,’ ‘नयाँ निर्माण निम्ति पुरानो भत्कनै पर्छ। समयले नयाँ ध्रुवीकरण खोज्दै छ।’
पार्टी विपवादका बीच नेतृत्वले नेताहरुलाई आफ्नो पक्षमा पार्न गरेका कार्यप्रति स्रकेत गर्दै उनले अगाडि लेखेका छन्, ‘मान्छे तानातान र किनबेचको तमासा नगरौं, भेडा भेडासँग र बाख्रा बाख्रासँग हुन दिऊ १ हातमिलाएर आआफ्नो बाटो लागौं१ हिँडिरहे फेरि भेटहुनेछ!’