November 12, 2026, Thursday
२०८३ कार्तिक २६
1:37:26 pm

दुनियाँभर मादल बज्दा पनि ‘कम्फर्टेबल’ सरकार ब्युँझिएन: गोकुल बाँस्कोटा

काठमाडौं- नेकपा एमालेका सांसद् गोकुल बाँस्कोटाले अफगानिस्तानमा रहेका नेपालीको रक्षाको माग गरेका छन् । आज (सोमबार) को प्रतिनिधि सभाको बैठकमा उनले दुनियाँले थाहा पाउँदा पनि अफगानिस्तान घटनाको विषयमा सरकारले थाहा नपाएको भन्दै कटाक्ष गरे ।

‘सार्क राष्ट्रको अध्यक्ष । यस देशको प्रधानमन्त्री । कम्फर्टेबल सरकार । जनकवी केसरीले भने जस्तो दुनियाँ भर मादल बज्दा पनि ब्युँझिएन सभामुख महोदय थाहा पाएन’, उनले भने ।

बाँस्कोटाले त्यहाँ रहेका नेपालीको फिर्ताको व्यवस्था गर्न माग गर्दै घटनाबारे सरकारको दृष्टिकोण स्पष्ट पार्न माग गरे । उनले संसद्मा जानकारी गराउन पनि माग गरे । उनले अफगानिस्तानको घटना क्रान्ति हो कि प्रतिक्रान्ति भन्दै प्रश्न पनि गरे । उनले भने, ‘सरकार कहाँ छ जनता जान्न चाहन्छन् । हामी जान्न चाहन्छौं ।’

Advertisement