November 12, 2026, Thursday
२०८३ कार्तिक २६
1:37:26 pm

न्यायलयभित्रको विवाद गम्भीर अनिष्टको संकेत: बाबुराम भट्टराई

२०७८ कार्तिक ११

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)का संघीय परिषद् अध्यक्ष डा.बाबुराम भट्टराईले न्यायलयभित्रको विवाद लोकतन्त्रको निन्ति शोभनिय नभएको बताएका छन् ।

बिहीबार संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसंग कुरा गर्दै भट्टराईले न्यायलयभित्रको विवादले गम्भीर अनिष्टको संकेत गरेको समेत बताए ।

उनले न्यायलयभित्रको विवाद न्यायलयभित्रैबाट हल हुनुपर्ने भन्दै त्यसो हुन नसके व्यवस्थापिकाले समस्या हल गर्ने जिकिर गरे ।

Advertisement

त्यस्तै उनले एमाले अध्यक्ष केपी ओलीले न्यायलयको आन्तरिक बिषयमा हस्तक्षेप गर्नु खोज्नु पानी धमिलाएर माछा मार्नु जस्तो भएकाले त्यसो नगर्नु नै ठिक हुने सुझाव दिए ।

त्यस्तै कांग्रेस नेता भिमसेनदाश प्रधानले प्रधानन्याधिश कै कारण विवाद उठेको बताए । न्यालयको विवाद न्यायलयबाटै निरुपण भए न्यायलयको इज्जत बढ्ने उनको भनाई छ ।

त्यस्तै एमाले सांसद महेश बस्नेतले उनले न्यायलयमा देखिएको समस्या व्यक्तिगत रुपमा भन्दा पनि नीतिगत समाधान हुनुपर्ने बताए ।

बस्नेतले वर्तमान प्रधान्याधिश हटाएर नयाँ प्रधानन्याधिश ल्याउनका लागि विवाद सिर्जना गर्न खोजिको आशंका व्यक्त गरे ।