November 12, 2026, Thursday
२०८३ कार्तिक २६
1:37:26 pm

अब प्रधानमन्त्रीलाई विमानस्थलमा औपचारिक विदाई नगरिने

२०७८ कार्तिक १२

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले विदेश जाँदा औपचारिक कार्यक्रमसहितको तामझाम नगर्न निर्देशन दिएका छन । सरकार प्रमुखलाई विमानस्थलमा गरिने पहिलेको जस्तो औपचारिक बिदाई र स्वागतको तामझाम नगर्न निर्देशन देउवाले दिएका हुन ।

प्रधानमन्त्री कार्यालयले आज विमानस्थलमा सलामी, औपचारिक उपस्थितिजस्ता केही पनि तडकभडक नगर्न आदेश दिएको छ । उच्च स्रोतका अनुसार आज प्रधानमन्त्रीले विमानस्थलबाट विमानतर्फ जाँदा त्यहाँको भीभीआईपी कक्ष प्रयोग गर्ने छैनन् ।

सम्भवतः दउवा सवारी साधनमा सोझै विमानसम्म पुग्नेछन । अर्को स्रोतले भनेको छ, ‘सेनाले सलामी दिने ठाउँ भएर जानु हुनेछ, तर औपचारिक केही पनि नगर्ने भनिएको छ ।’

Advertisement

यसभन्दा पहिले यसरी सरकार वा राष्ट्र प्रमुख विदेश भ्रमणमा जाँदा अतिविशिष्ट कक्षमा आराम र चियापान हुन्थ्यो । त्यसपछि सलामी लिएर विमानस्थलतर्फ जाने काम गरिन्थ्यो । तर, आज बिदाईका लागि सबै जनालाई ताँती लागेर विमानस्थलमा नआउन भनिएपछि प्रधानमन्त्रीको बिदाईको सिष्टम फेरिएको हो ।