November 12, 2026, Thursday
२०८३ कार्तिक २६
1:37:26 pm

बाटाे नबनेकाे भन्दै यातायात मन्त्रीकाे गाडी स्थानीयले राेके

२०७८ कार्तिक २९

भक्तपुर । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय मन्त्री रेणुकुमारी यादवको गाडीलाई भक्तपुरमा स्थानीयवासीले रोकेका छन् ।

आइतबार भक्तपुर नगरकोट सडक खण्डको अनुगमनका लागि सडक कार्यालयका प्रमुख, ठेकेदारसहित पुगेकी उनलाई चाँगुनारायण नगरपालिकाको वडा नम्बर ६, तेलकोटमा स्थानीयवासीले राेकेका थिए ।

८ वर्ष पहिले ठेक्का लागेको सडक नबनेकाे भन्दै उनीहरूले गुनासाे गरे । मन्त्री यादवले अबका दुई महिनाभित्र काम सक्न निर्देशन दिएकाे बाटाे छेक्न बसेका स्थानीयलाई जानकारी दिएकी थिइन् ।

Advertisement