November 12, 2026, Thursday
२०८३ कार्तिक २७
1:37:26 pm

माओवादी केन्द्रले राष्ट्रिय सम्मेलनलाई महाधिवेशनमा रुपान्तरण गर्ने

काठमाडौं : भोलिदेखि सुरु हुने भनिएको नेकपा माओवादी केन्द्रको राष्ट्रिय सम्मेलनलाई महाधिवेशनमा रुपान्तरण गर्ने निर्णय भएको छ।

शनिबार बेलुकी बसेको पार्टीको स्थायी कमिटी बैठकले राष्ट्रिय सम्मेलनलाई महाधिवेशनमा रुपान्तरण गर्ने निर्णय गरेको हो।

स्थायी कमिटी बैठकमा पेस गरिएको उक्त प्रस्तावलाई भोलि बिहान बस्ने केन्द्रीय कमिटी बैठकमा लैजाने निर्णय गरिएको माओवादी केन्द्रका प्रवक्ता कृष्णबहादुर महराले जानकारी दिए।

Advertisement

राष्ट्रिय सम्मेलनप्रति आकर्षण बढेकाले राष्ट्रिय सम्मेलनलाई महाधिवेशनमा परिणत गर्ने निर्णय भएको उनले बताए।