July 8, 2026, Wednesday
२०८३ असार २४
1:37:26 pm

‘अध्यादेशबारे पार्टीमा कुरा भएको छैन, फिर्ता हुनुपर्छ’: नारायणकाजी श्रेष्ठ

काठमाडौं – सरकारले संवैधानिक परिषद्सम्बन्धी अध्यादेश ल्याएपछि सत्तारुढ नेकपामा तरंग आएको छ। लामो समयदेखि रिक्त संवैधानिक निकायमा नियुक्तिका लाग सरकारले अध्यादेश ल्याएपछि नेकपाको विवाद झन् उग्र रुप लिएको हो। 

वैशाखमा जारी गरेर फिर्ता भएको अध्यादेश फेरि ल्याइएपछि नेकपामा अर्को तनाव सुरु भएको हो। नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले प्रधानमन्त्री केपी शर्मा ओलीले यो अध्यादेश पार्टीमा छलफल नै नगरी ल्याएको भन्दै आपत्ति जनाएका छ्न। 

उनले यसबारे पार्टीका कुनै नेताहरुलाई जानकारी नभएको बताएका छन्। ‘यसबारेमा पार्टीलाई कुनै जानकारी थिएन।

Advertisement

सल्लाह गरेर ल्याउनुपर्थ्यो, संसद खुलाउने बेला अध्यादेशको बाटो रोज्‍नु सर्वथा गलत हो’, उनले भने, ‘यसबारे अनौपचारिक छलफल भइरहेका छन्। अब औपचारिक छलफल गर्नुपर्ला।’

नेता श्रेष्ठले यसअघि वैशाखमा ल्याइएको अध्यादेश सबै राजनीतिक जगतको दबाबपछि फिर्ता भएको भन्दै अहिले पनि फिर्ताको विकल्प नरहेको उल्लेख गरे।