August 30, 2026, Sunday
२०८३ भाद्र १४
1:37:26 pm

बागमती सरकारले प्रदेशमा तीन मल कारखाना स्थापना गर्ने

हेटौंडा : बागमती प्रदेश सरकारले प्रदेशमा ३ वटा मल कारखाना स्थापना गर्ने भएको छ।

प्रदेश सरकारको सोमबार बसेको मन्त्रिपरिषद् बैठकले प्रदेशमा मध्यम वर्गका ३ वटा मल उत्पादन कारखाना स्थापना गर्न विदेशी कम्पनीसँग छलफल अघि बढाउने निर्णय गरेको हो।

केही समयअघि प्रदेशको राजधानी हेटौंडास्थित औद्योगिक क्षेत्र र चितवनको औद्योगिक क्षेत्रमा जग्गा खोजीसमेत गरेको थाइल्याण्डको निजी कम्पनीसँग प्रक्रिया अघि बढाउने निर्णय सरकारले गरेको छ।

Advertisement

प्रदेश सरकारका प्रवक्तासमेत रहेका आन्तरिक मामिला तथा कानुनमन्त्री कृष्ण खनालले भने, ‘सधैँ मलको हाहाकार हुने गरेको छ। मलकै कारण सरकार बदनाम हुँदै आएको छ। त्यसैले प्रदेशमा सरकारले मल उत्पादन कारखाना स्थापना गर्न आवश्यक प्रक्रिया अघि बढाउने निर्णय गरेको हो।’

सो थाई कम्पनीले प्रदेश सरकारसँग नियमित रुपमा २ सय मेगावाट बिजुली उपलब्ध गराउनुपर्ने शर्त राखेको उनले बताए।