November 12, 2026, Thursday
२०८३ कार्तिक २७
1:37:26 pm

एमालेका पाँच सांसदद्वारा खाली कागजमा हस्ताक्षर गर्न अस्वीकार

काठमाडौं । नेकपा एमालेका ५ सांसदले खाली कागजमा सही गर्न मानेनन् । आवश्यकताअनुसार पार्टी नेतृत्वले प्रयोग गर्ने गरी संसदीय दलको बैठकमै खाली कागजमा सही गराउँदै गर्दा ती पाँच सांसदले खाली कागजमा सही गर्न नमानेका हुन् ।

बैठकमा सहभागी भई भीमबहादुर रावल, घनश्याम भुसाल, पवित्रा निरौला खरेल, झपटबहादुर रावल र दीपकप्रकाश भट्टले खाली कागजमा हस्ताक्षर गरेनन् ।

संसद् भवन नयाँ बानेश्वरमा सोमबार बसेको संसदीय दलको बैठकमा ६ वटा खाली कागजमा छुट्टाछुट्टै हस्ताक्षर गराइएको थियो ।

Advertisement

हस्ताक्षर नगर्ने विषयमा भीम रावलले लिखित रूपमा नै असहमति जनाए । अन्य चार सांसदले पनि त्यसमा मौखिक कुरा राख्दै हस्ताक्षर गर्न मानेनन् ।

प्रयोजन नखुलाएकाले आफूले हस्ताक्षर नगरेको झपट रावलले बताएका छन् ।