काठमाडौं । ३० वैशाखमा हुने स्थानीय तहको निर्वाचनमा ७९ वटा दल भाग लिँदैछ । ७९ वटा मध्ये ६ नेकपा एमाले, नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र लोकतान्त्रिक समाजवादी पार्टी राष्ट्रिय दलको मान्यता पाएका दलहरु हुन् भने बाँकी ७३ वटा राष्ट्रिय दलको मान्यता नपाएका दल रहेका छन् ।
राजनीतिक दल सम्बन्धी ऐनमा राष्ट्रिय मान्यताप्राप्त दलले मात्र आफ्नै चुनाव चिह्न पाउने, अरु दललाई भने स्वतन्त्र उम्मेदवारसरह जुनसुकै चुनाव चिह्न दिन सकिने व्यवस्था रहेको छ । यो व्यवस्थाको दलहरुले विरोध गरेपछि अन्तत निर्वाचन आयोगले राष्ट्रिय मान्यता नपाएका दललाई पनि उनीहरुकै चुनाव चिह्न दिने निर्णय गरेको छ ।
आयोगले राष्ट्रिय मान्यता नपाएका दलसँग जिल्लागत संगठन संरचना माग ग¥यो र त्यस आधारमा जिल्लागत आधारमा चुनावमा प्रतिस्पर्धा गर्न सक्ने दलको संख्या निकालेको हो ।
अयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलका अनुसार दलहरुले बुझाएको जिल्लागत पार्टी संरचनाको विवरणको आधारमा दलीय चुनाव चिह्न उपलब्ध गराउने निर्णय गरेको हो ।
सबैभन्दा बढी काठमाडौंमा ४६ वटा दलले दलीय चुनाव चिह्न सहित चुनावमा भाग लिन पाउने भएका छन् भने सबैभन्दा कम मनाङ, मुस्ताङ र डोल्पामा ११ वटा दलले चुनावमा प्रतिस्पर्धा गर्न पाउने भएका छन् ।