November 12, 2026, Thursday
२०८३ कार्तिक २७
1:37:26 pm

अपिहिमाल गाउँपालिका वडा नम्बर–१ मा गठबन्धनका पोखरसिंह विजयी

दार्चुला । अपिहिमाल गाउँपालिका वडा नम्बर–१ मा गठबन्धनका पोखरसिंह लोथ्यालसहितको प्यानल विजयी भएको छ । काँग्रेसका तर्फबाट गठबन्धनका उम्मेदवार बनेका लोथ्याल १ सय ८३ मतसहित विजयी बनेका हुन् । उनका प्रतिस्पर्धी नेकपा एमालेका भरतसिंह धामीले एक सय ५६ मत ल्याएका थिए ।

त्यस्तै, पालिकामा गठबन्धनको तर्फबाट अध्यक्ष नेकपा (माओवादी केन्द्र)का भगतसिंह ठेकरे बोहोराले दुई सय २ मत ल्याएका छन् । एमालेका धर्मानन्द मन्यालले एक सय २३, उपाध्यक्षमा काँग्रेसकी देवकी बोहोराले एक सय ६६ र एमालेकी उर्मीला बोहोराले एक सय २१ मत ल्याएकी छन् ।

Advertisement