November 12, 2026, Thursday
२०८३ कार्तिक २७
1:37:26 pm

हुम्लाको चंखेली गाउँपालिका अध्यक्षमा स्वतन्त्र उम्मेदवार निर्वाचित

हुम्ला । हुम्लाको चंखेली गाउँपालिका अध्यक्षमा स्वतन्त्र उम्मेदवार प्यारीलाल शाही निर्वाचित भएका छन् । माओवादी केन्द्रका उम्मेदवार गोविन्दबहादुर शाहीलाई पराजित गर्दै शाही निर्वाचित भएका हुन् ।

स्वतन्त्र उम्मेदवार शाही ५२३ को फराकिलो मतान्तर विजयी बनेका हुन् । शाहीले १६९५ मत पाए भने उनका निकटतम प्रतिस्पर्धी माओवादीका गोविन्दबहादुरले ११७१ मत पाए ।

यस पालिकामा माओवादी केन्द्र र नेपाली काँगेसबीच तालमेल थियो भने काँग्रेससँग असन्तुष्ट भएर स्वतन्त्र उम्मेदवारी दिएका प्यारीलाललाई एमाले, एकीकृत समाजवादीले समर्थन गरेका थिए ।

Advertisement

उपाध्यक्षमा भने एकीकत समाजवादीकी प्रेमकला शाही विजयी भएकी छन् । उनी १९९ मतातन्तरले शाही विजयी भएकी हुन् । उनले १३७२ मत ल्याइन् भने कांग्रेसकी मैना बुढाले ११७३ मत पाइन् ।