November 12, 2026, Thursday
२०८३ कार्तिक २७
1:37:26 pm

बिर्तामोडमा प्रमुख र उप्रमुखमा एमाले विजयी

काठमाडौं : बिर्तामोड नगरपालिकाको प्रमुख र उपप्रमुखमा नेकपा (एमाले) विजयी बनेको छ। 

प्रमुखमा पवित्रा महतरा र उपप्रमुखमा नगेन्द्र सङ्ग्रौला विजयी भएका छन्। महतराले नेपाली कांग्रेसका भोजराज सिटौलालाई ३ हजार ७५८ मतले पराजित गरिन्।। उनले १६ हजार ५२० मत प्राप्त गरेकी छन भने सिटौलाको १२ हजार ७६२ मत मात्र आएको छ ।

उपप्रमुखमा सङ्ग्रौलाले १५ हजार ५८६ मत प्राप्त गरी विजयी भएका हुन्। उनका निकटतम् प्रतिस्पर्धी सिपी कडरियाले ८ हजार ४५१ मत प्राप्त गरेका छन्। यसअघिको कार्यकाल बिर्तामोडको उपप्रमुख रहेकी महतरा जिल्लामा नगरपालिकाको प्रमुखमा निर्वाचित हुने पहिलो महिला बनेकी छन्।

Advertisement