काठमाडौं । मकवानपुरको बागमती गाउँपालिका अध्यक्षमा सत्तारुढ गठबन्धनतर्फ नेकपा माओवादी केन्द्रका सर्केश घलान र उपाध्यक्षमा नेपाली काँग्रेसका उम्मेदवार फणिन्द्र तिमल्सिना निर्वाचित भएका छन् ।
सर्केशले नेकपा एमालेका उम्मेदवार खेम जर्गामगरलाई पराजित गरेका हुन् । सर्केशले ७ हजार ३८४ मत प्राप्त गरेका थिए । पराजित खेमले ६ हजार १६६ मत प्राप्त गरेका थिए ।
यस्तै, उपमेयरमा विजयी भएका फणिन्द्रले ७ हजार ९३५ मत प्राप्त गरेका थिए भने एमालेकी धनमाया स्याङ्तानले ४ हजार ६६९ मत प्राप्त गरेकी थिइन् ।