काठमाडौं । चितवनको भरतपुर महानगरपालिकाको मेयरमा सत्ता गठबन्धनबाट उम्मेदवार रहेकी नेकपा माओवादीकी नेता रेनु दाहाल विजयी भएकी छन् । दाहाल नेकपा एमाले–राप्रपा गठबन्धनका उम्मेदवार एमालेका नेता विजय सुवेदीलाई पराजित गरी विजयी बनेकी हुन् ।
०७४ को चुनावमा पनि भरतपुरको मेयर निर्वाचित भएकी दाहालले सुवेदीलाई १२ हजार चार सय ४९ मतले हराउँदै पुनः मेयरमा निर्वाचित भएकी हुन् । रेनु दाहालले ५२०३० मत ल्याउँदा विजय सुवेदीले ३९५८१ मत ल्याएका थिए ।
सत्ता गठबन्धनसँग असन्तुष्ट भई बागी उम्मेदवारी दिएका जगन्नाथ पौडेलले भने १४७२८ मत ल्याएका छन् ।
यस्तै, उपमेयरमा सत्ता गठबन्धनतर्फका उम्मेदवार नेपाली काँग्रेसका चित्रसेन अधिकारी निर्वाचित भएका छन् । उनी ५२८०३ मतसहित विजयी भए भने एमाले–राप्रपाबाट उपमेयर उम्मेदवार राप्रपाकी नेता हिमला गुरुङले ३०६१२ मत ल्याएकी छन् ।