November 12, 2026, Thursday
२०८३ कार्तिक २६
1:37:26 pm

एकीकृत समाजवादीको प्रथम केन्द्रीय परिषद् बैठक आजबाट

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) को प्रथम केन्द्रीय परिषद् बैठक आजबाट काठमाडौँको प्रज्ञा प्रतिष्ठानमा हुँदै छ । बैठकमा पार्टीको भावि रणनिति र कार्यदिशा देशभर भएका साङ्गठनिक गतिविधि, स्थानीय तहको चुनावको समीक्षा, आगामी प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि चुनाव लक्षित कार्यक्रम, हालै सम्पन्न केन्द्रीय कमिटीको बैठकमा प्रस्तुत भएका प्रतिवेदनमा छलफल गरिने प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले बताए ।

भेलामा पार्टीका महासचिव डा बेदुराम भुसालको राजनीतिक प्रतिवेदनमा विशेष छलफल गरिने कार्यक्रम छ ।

मुलुकमा संविधान र राजनीतिक व्यवस्था संरक्षणका लागि तत्कालीन नेकपा एमालेबाट विद्रोह गरी पार्टी स्थापना गरिएको, कम्युनिष्ट आन्दोलनमा देखापरेको विसर्जनवाद र अवसरवादका विरुद्ध जनतालाई एकताबद्ध गर्न पार्टीको औचित्य र आवश्यकता तथा आगामी कार्यदिशाबारे प्रतिवेदनमा उल्लेख छ ।

Advertisement

देशभरबाट करिब एक हजार ६ सय सहभागी हुने परिषद् बैठकको पार्टी अध्यक्ष माधवकुमार नेपालले उद्घाटन गर्नुहुने प्रचार विभाग प्रमुख खतिवडाले बताए ।