November 12, 2026, Thursday
२०८३ कार्तिक २६
1:37:26 pm

एकीकृत समाजवादीले जनप्रतिनिधिलाई प्रशिक्षण दिने

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) ले स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिलाई प्रशिक्षण दिने भएको छ । सोमबार काठमाडौंमा बसेको सचिवालय बैठकले पार्टीबाट उम्मेदवार भई स्थानीय निर्वाचन जितेका जनप्रतिनिधिलाई प्रशिक्षण दिने निर्णय गरेको हो ।

आगामी साउन ४ र ५ गते जनप्रतिनिधिलाई प्रशिक्षण दिने कार्यक्रम तय भएको छ । स्थानीय तहका अधिकार, स्वायत्त शासन, प्रदेश तथा केन्द्रसँगको समन्वय, पार्टीसँगको सहकार्य, पारदर्शितालगायत विषयमा प्रशिक्षण दिइने महासचिव बेदुराम भुसालले बताए ।

Advertisement