November 12, 2026, Thursday
२०८३ कार्तिक २६
1:37:26 pm

एकीकृत समाजवादीको सचिवालयको ३१ औं बैठक सम्पन्न

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) को केन्द्रीय सचिवालय बैठक सम्पन्न भएको छ । सचिवालयको ३१ औं बैठक पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा बसेको हो ।

बैठकले माननीय सरला यादव लाई प्रतिनिधि सभाको प्रमुख सचेतकमा मनोनयन गर्ने निर्णय गरेको छ । यस्तै सुदुर पश्चिम प्रदेशमा प्रदेश अध्यक्ष पदमा पार्टीका पूर्व सांसद एवं केन्द्रीय सदस्य हर्क बहादुर सिंलाई जिम्मेवारी प्रदान गरेको प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले बताए ।

Advertisement