काठमाडौं । रूपन्देही काठमाडौ सम्पर्क मञ्च आयोजक कमिटी गठन भएको छ । रुपन्देहीबाट काठमाडौमा आएर बसोवास गर्ने एकीकृत समाजवादी समर्थकहरूको भेलाले सरिता सापकोटाको अध्यक्षतामा ५१ सदस्यीय कमिटी गठन भएको हो । कमिटीको सचिवमा आदर्श देवकोटा सह सचिव जीवन पाण्डे र कोषाध्यक्षमा गीता भुसाल चयन भएका छन् ।
मंगलबार भएको कार्यक्रममा नेकपा (एकीकृत समाजवादी)का केन्द्रीय कमिटी सदस्य तथा लुम्बिनी प्रदेश सम्पर्क कमिटी ईन्चार्ज कल्पना माण्डव्य प्रमुख आतिथ्यतामा सम्पन्न भएको कार्यक्रम लुम्बिनी प्रदेश कमीटीका अध्यक्ष विद्याराज पाण्डेको अध्यक्षतामा छबिलाल भट्टराई अनेरास्ववियु स्थाई कमिटी सदस्यीय ,लुम्बिनी प्रदेश कमिटी सचिवालय सदस्य कपिल काफ्ले लगायत नेताहरुको उपस्थितिमा सम्पन्न भएको थियो ।