काठमाडौ, सहरी विकास मन्त्री मेटमणी चौधरीले आज नेकपा (एकीकृत समाजवादी) को पार्टी कार्यालय आलोकनगरमा कार्यकर्तासंग भेटघाट गरेका छन् ।
पार्टीले हालै सार्वजनिक गरेको कार्ययोजना अनुसार उनले नेता तथा कार्यकर्तालाई भेट गरेका हुन् ।
मन्त्री चौधरीले काभ्रे, भक्तपुर लगायतका करिब तीन दर्जन नेता तथा कार्यकर्ता सङ्ग भेटघाट गर्नुका साथै पार्टीका प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडासंग छलफल गरेकाे मन्त्रीका प्रेस संयोजक सूर्य विसीले बताए ।
पार्टीबाट मन्त्री भएका नेताहरुले दिउसो २ देखि ३ बजेसम्म पार्टीको केन्द्रीय कार्यालयमा उपस्थित भई जनगुनासो सुन्नुपर्ने कार्ययोजना अनुसार मन्त्री चौधरीले नेता तथा कार्यकर्ताहरुलाई समय दिनुभएको थियो ।
नेकपा (एकीकृत समाजवादी) बाट मन्त्री भएका नेताहरुले साताको एक दिन पार्टी कार्यालयमा मन्त्रीसंग कार्यकर्ता भेटघाट कार्यक्रमा सहभागि हुनुपर्ने कार्ययोजना वनेपछि पहिलो पटक सहरी विकास मन्त्री चौधरीले कार्यकर्ताहरुसंग भेटघाट गरेका हुन् ।
मन्त्रीहरुलाई साताको एक दिन पार्टी कार्यालयमा गएर जनसरोकारका विषयमा सरोकारवालाहरुसंग छलफल अन्तकृया र गुनासो सुन्नुपर्ने गरी कार्ययोजना तयार भएको छ ।
जस अनुसार मन्त्रीहरुले पालो गरेर शनिबार बाहेक प्रत्येक दिनको २ देखि ३ वजे सम्म पार्टी कार्यालयमै कार्यकर्ताहरुसंग भेटघाट गर्नुपर्ने कार्ययोजना सार्वजनिक गरीएको छ । जस अनुसार सहरी विकासमन्त्री चौधरीलाई बुधबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठ आइतबार र शुक्रबार दिउँसो २ देखि ३ बजेसम्मको समय तोकिएको छ ।
त्यसैगरी स्वास्थ्य तथा जनसंख्यामन्त्री भवानी खापुङलाई सोमबार दिउँसो २ ३ बजेसम्म र श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शेरबहादुर कुँवरलाई मंगलबार दिउँसो २९३ बजेसम्म पार्टी कार्यालयमा पुग्न समय निर्धारण गरेको छ । त्यस्तै स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री हिराचन्द्र केसीलाई बिहीबारको समय तोकिएको छ । पार्टी कार्यकर्ता र मन्त्रीर्संगको जनसम्पर्क अभिवृध्दि गर्ने उदेश्यले त्यस्तो कार्ययोजना बनाइएको हो ।