November 12, 2026, Thursday
२०८३ कार्तिक २६
1:37:26 pm

तामाङ संघ समाजवादीको अध्यक्षमा लाप्साङ तामाङ

काठमाडौ, नेपाल आदिवासी जनजाति महासंघ समाजवादीको घटक संगठन नेपाल तामाङ संघ समाजवादीको अध्यक्षमा लाप्साङ तामाङ चयन भएका छन् ।

शनिबार नेकपा (एकीकृत समाजवावदी) को केन्द्रीय कार्यालयमा भएको भेलाले तामाङको अध्यक्षतामा ७७ सदश्यीय केन्द्रीय कमिटीको समेत चयन गरेको हो ।

कमिटीको उपाध्यक्षमा वीरबहादुर तामाङ, रामदेवी तामाङ, इमान गोले, सरिता पाख्रिन र गौतम बुद्ध लामा चयन भएका छन् ।
त्यस्तै महासचिवमा किरण मोक्तान चयन हुनुभयो भने रेशम तामाङ, कुन्साङ तामाङ, डेनो थिङ र लोकबहादुर तामाङ सचिवमा चयन भए । त्यसैगरि कोषाध्यक्षमा टिकलाल तामाङ र सहकोषाध्यक्षमा संगीता मोक्तान, उपेन्द्र तामाङ, तारा तामाङ र मिलन तामाङ चयन भएका छन् ।

Advertisement

कार्यक्रममा काभ्रे तेमाल गाउँपालिकाका आयुष तामाङ,रोशि ३ काभ्रेका दोर्जे थोकर तामाङ,कुमार लो तामाङ,रिना लोप्चन तामाङ,नमोवुध्द ६का राजुमान तामाङ,खाँडादेवि ७ का कान्छाराम तामाङ, दोरम्वा २ का अर्थमान तामाङ लगायत दुई दर्जन कार्यकर्ता नेकपा एमाले परित्याग गरी एकीकृत समाजवादीमा प्रवेश गरेका छन्।

भेलाले नवप्रवेशीहरूलाई उचित जिम्मेवारी दिने निर्णय गरेको छ । नवप्रवेशीलाई पार्टी अध्यक्ष माधवकुमार नेपालले खादा र टिका लगाएर स्वागत गरेका छन् ।