November 12, 2026, Thursday
२०८३ कार्तिक २६
1:37:26 pm

केपी ओली चढेको हेलिकप्टर सिमरामा आकस्मिक अवतरण

काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली चढेको हेलिकप्टर बाराको सिमरा विमानस्थलमा आकस्मिक अवतरण गरिएको छ।

रौतहटको गौरमा आयोजित कार्यक्रममा सहभागी हुन काठमाडौंबाट जाने क्रममा मौसम खराबी भएपछि ओली चढेको हेलिकप्टर आकस्मिक अवतरण गरिएको हो। अत्यधिक वर्षाका कारण गौर पुग्न नसक्ने भएपछि सिमरा विमानस्थलमा सुरक्षित रुपमा अवतरण गरिएको बताइएको छ।

ओली करिब ४५ मिनेट विमानस्थलमा रोकिएपछि रौतहटतर्फ लागेको एमाले नेता मनोज पौडेलले जानकारी दिए।

Advertisement