November 12, 2026, Thursday
२०८३ कार्तिक २६
1:37:26 pm

अनेमसंघ समाजवादीका पदाधिकारीहरूलाई विशेष कक्षा

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) पार्टी स्कुल विभागले अनेमसंघका पदाधिकारीहरूलाई लक्षित गरी विशेष कक्षा सुरु गरेको छ ।

सोमबारवाट सुरु भएको कक्षामा द्वन्दात्मक भौतिकवादको विषयमा पार्टीका महासचिव डा. वेदुराम भुसालले र कम्युनिष्ट पार्टीको घोषणापत्रको समसामयीकतावारे पि. ज्वालाले प्रशिक्षण दिएका थिए ।

कार्यक्रममा ३ वटा विचार समूह निर्माण गरी छलफल गरीएको थियो । प्रशिक्षण २ दिन सम्म सञ्चालन हुने एकीकृत समाजवादीको पार्टीका केन्द्रीय सदस्य तथा पार्टी स्कुल विभागका सचिव अशेष घिमिरेले जानकारी दिए ।

Advertisement