काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईबीच आगामी निर्वाचनमा एउटै चिन्हबाट लड्ने सहमति भएको छ । स्रोतको अनुसार दुई नेताबीच भएको सहमति भोलि सार्वजनिक गर्ने तयारी रहेको छ ।
पछिल्लो समय दाहाल र भट्टराईबीच समाजवादी केन्द्र बनाउनेबारे छलफल चलिरहेको छ । माओवादी केन्द्रनिकट उच्च दुई नेताबीच आगामी निर्वाचनपछि समाजवादी केन्द्र निर्माण गरेर जाने सहमति भएको छ । समाजवादी केन्द्र निर्माणको लागि माधव नेपालपनि सहमत भएका छन् ।