सिउल, दक्षिण कोरिया । मित्र राष्ट्र दक्षिण कोरियाको मैत्रीपूर्ण भ्रमणमा रहेका नेपाल परिवार दलका अध्यक्ष एवम् पूर्वमन्त्रि एकनाथ ढकालले मित्र राष्ट्र सयुक्त राज्य अमेरिकाका पूर्व विदेश मन्त्रि माइक पोम्पेककसँग भेट गरेको छन् ।
कोरियाको राजधानी सिउलमा भएको भेटमा नेपालको समसामयिक विषयमा पूर्व विदेश मन्त्रि पोम्पेककले चासो राख्नुका साथै नेपाल जनताको सुख र संमृद्धिको कामना गरेका थिए ।

पूर्व मन्त्रि ढकालले अमेरिका नेपालको एक मुख्य विकास साझेदार रहेको र आगामी दिनमा नेपालको विकासमा थप सहयोग गर्न अनुरोध गरे । ढकालले विश्वका बिज्ञहरु सम्मिलित ‘थिङ्क ट्यांक २०२२’ को फोरममा मध्यस्तकर्ताको भूमिका निभाएका थिए । उक्त फोरममा पूर्व विदेश मन्त्रि पोम्पेओ तथा अन्तराष्ट्रिय अटोमिक इनर्जी एजेन्सीका महाप्रबन्धक मोहम्मद एल बारदेइ प्रमुख वक्ता थिए ।
युनिभर्सल पिस फेडेरेशनको आयोजनामा सिउलमा यहि अगष्ट ११ देखि १५ सम्म अन्तराष्ट्रिय शिखर सम्मेलन सम्पन्न भएको छ ।