November 12, 2026, Thursday
२०८३ कार्तिक २६
1:37:26 pm

माओवादी केन्द्रको स्थायी समिति बैठक दिउँसो सर्‍यो

काठमाडौं : नेकपा माओवादी केन्द्रको स्थायी समितिको बैठक सरेको छ। पार्टीको पदाधिकारीको टुंगो लगाउन बिहान बोलाइएको बैठक दिउँसो ४ बजे बस्नेगरी सरेको हो।

बिहान १० बजे सत्तारुढ गठबन्धनको बैठक बस्ने र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड सहभागी हुने भएकाले पार्टीको बैठक सरेको उनकाे सचिवालयले जनाएको छ। 

बुधबार बसेको पार्टीको स्थायी कमिटी बैठकको निर्णयअनुसार बिहीबारको बैठकले पदाधिकारी र स्थायी कमिटीलाई पूर्णता दिने बताइएको छ।

Advertisement