रसुवा । नेकपा (एकीकृत समाजवादी) रसुवा जिल्ला कमिटीको बैठक सम्पन्न भएको छ । शनिबार भएको बैठकले प्रदीप लामिछानेको अध्यक्षतामा ‘नेपाल कृषि मजदुर संगठन रसुवा जिल्ला कमिटी’ गठन गरेको छ ।
समितिको उपाध्यक्षमा निर्मला न्यौपाने, सचिवमा रामहरी न्यौपाने, सहसचिव काजी बहादुर घले र सदस्यहरूमा कमल बहादुर घले, बुद्धि घाले, लकिया तामाङ समेमकाजी गुरुङ रहेका छन् ।
यस्तै, उक्त बैठकले ‘अखिल नेपाल महिला संघ रसुवा जिल्ला कमिटी’ पनि गठन गरेको छ । जसको अध्यक्षमा अप्सरा रिजाल, उपाध्यक्ष सीता कुमारी न्यौपाने, सचिव लक्ष्मी रेग्मी भट्ट, कोषाध्यक्ष सावित्री ढुङेल, सदस्यहरु श्यामा छेकी तामाङ चिनिमाया विश्वकर्मा मिया स्याङमो तामाङ, पासाङ तामाङ र भगवती धमला रहेका छन् ।
बैठक नेकपा (एकीकृत समाजवादी)का उपाध्यक्ष तथा बागमती प्रदेश इन्चार्ज केदार न्यौपानेको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो । बैठकमा केन्द्रीय सदस्य साङ्तेम्पा तामाङ, राष्ट्रिय परिषद सदस्य तथा नेपाल कृषि मजदुर सङ्गठनका केन्द्रिय अध्यक्ष उत्तर बहादुर खड्का, बाग्मती प्रदेश सदस्य भरत वगाल,े राष्ट्रिय परिषद सदस्यहरु, यादव गजुरेल र गँगा विश्वकर्मा लगायतका अतिथिहरुको उपस्थिति रहेको थियो ।
बैठकमा बोल्दै केन्द्रिय उपाध्यक्ष तथा बागमती प्रदेश इन्चार्ज केदार न्यौपानेले पार्टीको वर्तमान राजनीति वस्तुस्थिति र आगामी रणनीतिको बारेमा प्रकाश पारेका थिए । यस्तै, यादव गजुरेलले पार्टीको कार्यकर्ताको अनुशासन र कमिटी विस्तार र उत्तर बहादुर खड्काले ट्रेड युनियन गठन र नेपालमा कृषि मजदुर संगठनको आजको आवश्यकता र त्यसको महत्वबारे प्रकाश पारेका थिए ।
जिल्ला कमिटी अध्यक्ष बिष्णु देवकोटाको अध्यक्षता रहेका् उक्त कार्यक्रमको सञ्चालन जिल्ला कमिटी सचिव शिव लामिछानेले गरेका थिए ।