ओखलढुङ्गामा । प्रगतिशील नेपाल राष्ट्रिय शिक्षक संगठनको जिल्ला अध्यक्षमा रोहित प्रसाद निरौला चयन भएका छन् । समितिको उपाध्यक्षमा पदम कुमारी भूजेल, कल्पना दाहाल सचिवमा मिना तामाङ रहेको १५ सदस्यीय जिल्ला समिति चयन भएको छ ।
पेशागत महासंघ नेपालका प्रदेश १ का इन्चार्ज वरिष्ठ अधिवक्ता शंकर सुवेदी, प्रगतिशील नेपाल राष्ट्रिय शिक्षक सङ्गठनका प्रदेश अध्यक्ष कमल तिम्सिना, पेशागत महासङ्घका प्रदेश १ का महासचिव उमेश मास्के लगायतको उपस्थितिमा समिति गठन भएको हो ।
प्रगतिशील नेपाल राष्ट्रिय शिक्षक संगठन नेकपा एकीकृत समाजवादी निकट शिक्षकहरूको ट्रेड युनियनका रुपमा दर्ता भएको शिक्षकहरूको संगठन हो ।
कार्यक्रममा नेकपा एकीकृत समाजवादीका केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज नेत्र भट्टराई, केन्द्रीय सदस्य निर्मला श्रेष्ठ, कार्यवाहक अध्यक्ष मेख बहादुर खड्का उपसचिव कमल खड्का प्रदेश सदस्य तथा उपसचिव शारदा निरौला लगायतको उपस्थिति रहेको थियो ।