November 12, 2026, Thursday
२०८३ कार्तिक २६
1:37:26 pm

वाम शक्तिको सुदृढीकरण अबको मुख्य कार्य हो: माधव नेपाल

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले जनताको मन र विश्वास जित्नेगरी काम गर्न निर्देशन दिएका छन् । नेकपा एकीकृत समाजवादीको केन्द्रीय संगठन विभागको आयोजनामा पार्टीका केन्द्रीय विभागका प्रमुख र उपप्रमुखहरुको संयुक्त बैठकमा अध्यक्ष नेपालले उक्त निर्देशन दिएका हुन् ।

अध्यक्ष नेपालले वाम शक्तिको सुदृढीकरण अबको मुख्य काम भएको भन्दै जनताको आशा र अपेक्षासँग जोडिएका सवालहरूमा एकीकृत हुन र जनसरोकारका क्षेत्रमा चासो र जागरुकता हुनुपर्नेमा जोड दिए ।

बैठकमा विभागका कामको संक्षिप्त रिपोटिङ सहित चुनावी घोषणापत्रको लागि सुझाव संकलन गरिएको थियो । बैठकमा १७ वटा विभागले आआफ्ना विभागका काम र आगामी कार्ययोजनाको जानकारी गराएका थिए ।

Advertisement