November 12, 2026, Thursday
२०८३ कार्तिक २६
1:37:26 pm

समाजवादी प्रेस संगठनको प्रथम स्थापना दिवस भव्य रुपमा मनाउन निर्देशन

काठमाडौं । समाजवादी प्रेस संगठन नेपालले आफ्नो प्रथम स्थापना दिवस भव्य रुपमा मनाउने भएको छ ।

यहि भदौं १० गते शुक्रबारको दिन समाजवादी प्रेस संगठन नेपालको स्थापना दिवसको अवसरमा हरेक जिल्ला शाखालाई भव्य रुपमा स्थापना दिवस मनाउन केन्द्रीय समितिले निर्देशन दिएको हो ।

मधेश प्रदेश समितिले पनि जिल्ला शाखालाई स्थापना दिवस मनाउन निर्देशन गरेको छ । प्रदेश समितिले जिल्लाका हरेक शाखामा कुनै एक कार्यक्रम गरि स्थापना दिवस मनाउन अनुरोध गरेको छ ।

Advertisement