काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात मन्त्रीसमेत रहेका जसपाका नेता मोहम्मद इस्तियाक राई बाँके क्षेत्र नम्बर २ बाट सिफारिस भएका छन् । प्रतिनिधि सभा चुनावका लागि मन्त्री राई प्रत्यक्षतर्फ चुनाव लड्न सर्वसम्मत रूपमा सिफारिस भएका हुन् ।
२०७४ को निर्वाचनमा सोही क्षेत्रबाट निर्वाचित भएका मन्त्री राईले तत्कालीन नेकपा एमाले– नेकपा माओवादी केन्द्रको वामगठबन्धन र काँग्रेस–राप्रपाको लोकतान्त्रिक गठबन्धनलाई हराएर विजयी बनेका थिए । राई २०६४ को निर्वाचनमा पनि बाँकेबाट निर्वाचित भएका थिए ।