November 12, 2026, Thursday
२०८३ कार्तिक २६
1:37:26 pm

जनताको विश्वास नै मेरो आत्मबल होः सांसद पार्वती विशुङ्खे

काठमाडौं । नेकपा एकीकृत समाजवादीकी केन्द्रीय सदस्य तथा संघीय सांसद पार्वती विशुङ्खेले संघीय संसद्को ५ वर्षको अवधि आफ्नो लागि विश्वविद्यालय भएको बताइन् ।

सांसद विशुङ्खेले संघीय संसद्को अन्त्य भएको दिन सामाजिक सञ्जाल फेसबुकमा लेखेकी छन्, “संघीय संसद् (प्रतिनिधिसभा) मेरा लागि विश्वविद्यालय हो ।’ उनले आफूले ज्ञान आर्जन गरेका कुराहरूलाई ५ वटा बुँदामा उल्लेख गरेकी छन् । जसमा उनले लेखेकी छन्, “जहाँ मैले धेरै विषय सिक्न पाएँ । आवाज र पहुँचविहीनको सवाल निर्धक्क भएर उठान गर्न पाएँ । राष्ट्रिय तथा अन्तराष्ट्रिय राजनीतिलाई नजिकबाट नियाल्न पाएँ । नेता र नेतृत्वसँग नजिक बसेर काम गर्न पाएँ । नीति बनाउन र विकास गर्न गराउँन पाएँ । ”

उनले यो महत्वपूर्ण भूमिका निर्वाह गर्न सहयोग गर्ने सम्पूर्ण दैलेखी आमाबुवा, दिदीबहिनी, दाजु भाई, बालसखा, शुभचिन्तक, ईष्टमित्र, गुरु, पत्रकार, कर्मचारी, श्रमिक वर्ग, धार्मिक संघसंगठन सबैलाई साधुवाद र आफू आवद्ध पार्टी र नेताहरूलाई धन्यवाद समेत दिन चाहेको उल्लेख गरेकी छन् । उनले लेखेकी छन्, “जनताको विश्वास नै मेरो आत्मबल हो ” ।

Advertisement