November 12, 2026, Thursday
२०८३ कार्तिक २६
1:37:26 pm

सार्वजनिक आवागमनमा अवरोध हुने गरी चुनाव प्रचार नगर्न आयोगको आग्रह

काठमाडौं । निर्वाचन आयोगले सार्वजनिक राजनीतिक दल र उम्मेदवारहरुलाई आवागमनमा अवरोध हुने गरी चुनावी प्रचार नगर्न आग्रह गरेको छ । प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको प्रचार प्रसारका क्रममा पालना गर्नुपर्ने आचारसंहिता स्मरण गराउँदै आयोगले आवतजावतमा अवरोध नगर्न आग्रह गरेको हो ।

आयोगले सार्वजनिक आवागमनमा अवरोध हुने गरी कुनै किसिमको जुलुस, आमसभा, कोणसभा, बैठक, भेला गरी निर्वाचन प्रचारप्रसार गर्न वा गराउन नहुने सामाजिक सञ्जालमार्फत बताएको छ ।

आयोगले प्रचलित कानुन बमोजिम निषेध गरिएको समय र स्थानमा कुनै किसिमको जुलुस, आमसभा, कोणसभा, बैठक, भेला वा निर्वाचन प्रचार प्रसार गर्न वा नगराउन पनि भनेको छ ।

Advertisement