November 12, 2026, Thursday
२०८३ कार्तिक २६
1:37:26 pm

गठबन्धनमा सहभागी सबै दलहरु समाजवादको यात्रामा हिँड्नुपर्छ: डा विजय पौडेल

२०७९ कार्तिक २७

काठमाडौं । नेकपा एकीकृत समाजवादीका महासचिव डा.विजय पौडेलले गठबन्धनमा सहभागी सबै दलहरु समाजवादको यात्रामा हिँड्नु पर्ने बताए । संयुक्त बाम लोकतान्त्रिक गठबन्धन काभ्रे– काठमाडौँ सम्पर्क समितिले जडिबुटीमा आयोजना गरेको बृहत् कार्यकर्ता भेटघाट तथा चियापान कार्यक्रममा सम्बोधन गर्दै पौडेलले नेपालको संविधानमा समाजवाद उन्मुख हुने बताईए पनि दलहरु समाजवादको यात्रामा हिड्ने नसकेको बताएका हुन् ।

आजको समाजवादमा योग्यता अनुसार काम, श्रम अनुसार पारिश्रमिक हुनुपर्ने बताउदै महासचिव पौडेलले कागजमा समाजवाद लेखिएको भरमा अब जनताले पत्याउने छैनन् ।पहिला जे जे भयो त्यस प्रति क्षमा माग्दै शिक्षा, स्वास्थ रोजगार जस्ता विषयमा समाज समाजवाद तिर लम्किएको छ, छैन भनी सचेत हुन पर्ने भएको छ । नेपाली काङ्ग्रेस र नेकपा माओवादीका कार्यकर्तालाई पनि गाउँ गाउँमा यस्ता जागरण अभियान चलाउन आग्रह गरेका छन् ।

यस्तै नेकपा एकीकृत समाजवादीका केन्द्रीय सल्लाहकार समिति सदस्य शिव बहादुर देउजाले राजाको सामन्ती शासनबाट पक्ष पोषितको दिमागमा अझै सामन्ती संस्कार बाँकी रहेको बताए । अबको गठबन्धनले सामन्तलाई परास्त गर्न पर्ने उनको भनाइ थियो । यो गठबन्धनले अबको चुनौतिलाई पार लगाउन सबै राजनैतिक दलले एक अर्को दललाई सहयोग गरेको देउजाको तर्क थियो ।

Advertisement

काभ्रे प्रतिनिधि सभा क्षेत्र २ ले गरेको बृहत् भेला काभ्रेबाट काठमाडौंमा पेशा व्यवसायमा गरेर बसेका मतदाताको लागि लक्षित थियो । उक्त कार्यक्रममा प्रतिनिधि सभाका उम्मेदवार शिवप्रसाद हुमागाँई , प्रदेश सभा उम्मेदवारद्वय नेकपा एसबाट लक्ष्मण लम्साल र नेपाली काङ्ग्रेसका कन्चन चन्द्र वादेले नेकपा एकीकृत समाजवादी आफ्नो उम्मेदवारीको कारण, प्रतिवद्धता र अपिल पनि प्रस्तुत गरेका थिए ।

कार्यक्रममा नेकपा एकीकृत समाजवादीका पोलिटब्युरो सदस्यहरु कृष्णप्रसाद सापकोटा र विदुर सापकोटा , नेपाली काङ्ग्रेसकी केन्द्रीय सदस्य रमा कोइराला पौडेल लगायत नेता कार्यकर्ताको सहभागिता रहेको थियो ।

यस्तै समानुपातिक उम्मेदवारहरु नेकपा एकीकृत समाजवादीबाट हरि गोपाल प्रधानाङ्ग, कल्पना श्रेष्ठ, राम देवि तामाङ, नेपाली काङ्ग्रेसका शान्ता क्षेत्री, सुर कृष्ण श्रेष्ठ, लक्ष्मी दनुवार नेकपा माओवादी केन्द्रकी रुकु चौलागाईं, मिना तामाङ आदिको उपस्थिति रहेको थियो ।